राजयोगको
निरन्तर अभ्यासबाट मानिसलाई अनेक प्रकारका शक्ति
प्राप्त हुन्छन्, यी शक्तिहरूद्वारा नै मानिस
सांसारिक अडचनहरूलार्इ पार गदै आध्यात्मिक मार्गि
तर अगस्र र हुन्छ। आज मानिस अनेक प्रकारका रोग,
शोक, चिन्ता र कष्टहरूबाट ग्रसित छ र यो सृष्टि नै
घोर नरक बनिसकेको छ। यसबाट निक्लेर स्वर्गमा जान
प्रत्येक प्राणी चाहन्छ तर नर्कबाट स्वर्गतिर जाने
बाटो, कतिपय बाधाहरूबाट युक्त छ। काम, क्रोध, लोभ,
मोह र अहंकार उसको बाटोमा मुख्य बाधा पार्दछन्।
पुरुषोत्तम संगमयुगमा ज्ञानसागर परमात्मा शिवले जो
सहज राजयोगको शिक्षा प्रजापिता ब्रह्माद्वारा
दिइरहनु भएको छ, त्यसलाई धारण गर्नाले नै मानिस यी
प्रबल शत्रुहरू (५ विकार) लाई जित्न सक्दछ।
चित्रमा देखाइएको छ कि नर्कबाट स्वर्गमा जानको लागि
पहिलेपहिले मानिसलाई काम विकारको उँचो पर्खाल पार
गर्नु पर्दछ जसमा तीखो शीशाको बार लागेको हुन्छ।
यसलाई पार गर्नमा कतिपय व्यक्तिहरू देहअभिमानको
कारणले सफलता पाउँन सक्तैनन् र तीखा धारिला
शीशामाथि लडेर रक्ताम्य (रक्तले मुछिएको भइहाल्छन्।
विकारी दृष्टि, कृत्ति, वृत्ति नै मानिसलाई यो
पर्खाल पार गर्न दिदैन। अतः यी विकारहरूलाई
जित्नकोलागि पवित्र दृष्टि हुनु अति आवश्यक छ।
दोस्रो भयंकर विघ्न क्रोधरूपी अग्नि चक्र हो।
क्रोधको वश भएर मानिस सत्य र असत्यलाई पनि चिन्दैन
र साथै उसमा ईश्र्या, द्वेष, घृणा आदि विकारहरूको
समावेश हुन्छ, जसको अग्निमा ऊ स्वयं त जल्दछ नै
सँग-सँगै अन्य मानिसहरूलाईपनि जलाउँछ। यस बाधालाई
पार गर्नको लागि स्वधर्ममा अर्थात् म आत्मा
शान्तस्वरूप हुँ यस स्थितिमा स्थित हुनु आवश्यक छ।
लोभ पनि मानिसलाई उसको सत्य बाटोबाट पर हटाउनको
लागि बाटोमा खडा छ। लोभी मानिसलाई कहिले पनि शान्ति
प्राप्त हुन सक्दैन र ऊ मनलाई परमात्मामा टिकाउन
सक्दैन। अतः स्वर्गको प्राप्तिको लागि मानिसले धन
वा खजानाको लालच र सुनको चमकको आकर्षणलाई जित्नु
पर्दछ।
मोह पनि यस्तो बाधा हो जो जाल झैं खडा रहन्छ।
मानिस मोहको कडा बन्धनवश आफ्नो धर्म वा कार्यलाई
पनि विर्सिन्छ र पुरुषार्थहीन बन्दछ। त्यसैले
गीतामा भगवानले भन्नु भएको छ ‘नष्टोमोहा
स्मृतिलव्धाः’ बन, अर्थात् शरीर सहित शरीरका सबै
सम्बन्धीहरूको मोहजालबाट निक्लेर परमात्माको यादमा
स्थित भई आफ्नो कर्तव्यलाई गर, यसबाट नै स्वर्गको
प्राप्ति हुन सक्दछ। यसको लागि आवश्यक छ कि
मानवआत्मा मोहको बन्धनबाट मुक्ति पाओस्, तब नै
मायाको बन्धनबाट छुटकारा मिल्नेछ र स्वर्गको
प्राप्ति हुनेछ।
अहंकार पनि मानिसको प्रगतिको मार्गमा पहाड समान
बाधा पार्दछ। अहंकारी मानिस कहिले पनि परमात्माको
नजिक पुग्न सक्दैन। अहंकारको वश, मानिस पहाडको उँचो
टुप्पाबाट गिरे झैं चकनाचुर (धूलोपीठो हुन्छ। अतः
स्वर्गमा जानको लागि अहंकारलाई पनि जित्नु अति
आवश्यक छ। त्यसैले याद रहोस् कि विकारहरूमाथि विजय
प्राप्त गरेर मानिसबाट देवता बन्ने नरनारीहरू नै
स्वर्गमा जान सक्दछन् अन्यथा एक व्यक्ति मरिसकेपछि
जो यो भनिने गरिन्छ कि ‘त्यो स्वर्गवासी भयो’ यो
सरासर गलत हो। यदि प्रत्येक व्यक्ति मरेपछि स्वर्ग
गएको हुन्थ्यो भने जनसंख्या कम भइहाल्थ्यो र
स्वर्गमा ठूलो भीड लाग्ने थियो तथा मृतकका
सम्बन्धीहरू शोक, चिन्ता गर्ने थिएनन्।